८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जीवन काँडा कि फूल’ चैत २२ देखि, पोस्टर सार्वजनिक



काठमाडौं ।
मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित फिल्म चैत २२ देखि प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले बिहीबार फिल्मको पोस्टरसमेत सार्वजनिक गरेको छ।
करिब दुई घन्टा समयावधिको उक्त फिल्मको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ। विनोद विष्टले निर्माण गरेको फिल्ममा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ।
निर्माता विष्टले ६ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको फिल्म निर्माणको लागत रु ६५ लाख रहेको जानकारी दिनुभयो।
घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेले अभिनय गरेका छन्। अन्य कलाकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबी लगायत छन्।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ४२ बजे