२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित, कपिलवस्तुमा पनि रुपरेखा देखिन थाल्यो



थानेश्वर अधिकारी, पकडी ।
देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन । कपिलवस्तुका स्थानीय तहमा पनि आन्दोलनको रुपरेखा देखिन थालेको छ । तीन सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीले बुधबार स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन । यसैबीच मायादेवी गाउँपालिकामा पनि त्यहाँ कार्यरत कर्मचारीले बुधबार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन ।
नेपाल सरकारबाट मंसिर २३ गते जारी कर्मचारी समायोजन सम्बन्धि अध्यादेश मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागी सवै सेवा बिच समान व्यवहार नभएको भन्दै त्यहाका कर्मचारीले गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी समक्ष ज्ञापनपत्र बुझाएका हुन ।
समतामुलक व्यवहारका लागि भन्दै ३ शुत्रिय माग सहित कर्मचारीहरुको तर्फबाट हस्ताक्षर सहित स्थानिय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समिति काठमाण्डौंले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख भए बमोजिमको आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाएको कर्मचारीले बताएका छन ।
ज्ञापनपत्र मायादेवी गाउँपालिकाका योजना अधिकृत राजन कुमार पोख्रेलको नेतृत्वमा त्यहाँ कार्यरत सबै तहका अस्थायी, करार र ज्यालादारी र सामाजिक परिचालकहरुको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष बजंरगी प्रसाद कुर्मीलाई बुझाइएको हो । सो ज्ञापन पत्र बुझ्दै अध्यक्ष कुर्मीले आफुले कर्मचारीको माग समबन्धित ठाउँमा पु¥याउन आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  ३ : ०१ बजे