१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

महिला नेतृ नेपालीको निधन प्रति नेकपा वाणगंगाको शोक सभा



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु बाणगंगा नगर कमिटीले बाणगंगा नगरपालिका वडा नं ८ धनेषपुर निवासी वडा सदस्य बिमला नेपालीको निधनमा आइतबार श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको छ ।
नेपालीको निधन भएको नवौँ दिनको पुण्यतिथि पारेर आइतबार केन्द्रिय सदस्य बिमला घिमिरेको प्रमुख आतिथ्यतामा शोक सभा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य घिमिरेले पार्टीले एक जिम्मेवार महिला नेतृ गुमाएको भन्दै दुख व्यक्त गर्नुभयो ।
वडामा पनि उहँले राम्रो काम गरेको स्मरण गर्दै घिमिरेले उहाँले गरेको कामलाई सवैले अनुसरण गर्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटीका कार्यालय सचिव बलराम अधिकारी, प्रस्तावित जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, प्रदेश सभा सदस्य बिष्णु पंथी, कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य प्रभा पौडेल, नेता जञ्जिर प्रसाद चौधरी लगायत रहनु भएको थियो ।
श्रद्धाञ्जलीमा पार्टी एकता जिल्ला कार्य दलका सदस्य डम्मर शर्मा वडामा निर्वाचित वडाध्यक्षहरुको सहभागिता रहेको थियो । नगर अध्यक्ष विश्व कार्कीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव टेकेन्द्र कुमार क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ४ : ०८ बजे