२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

वडा नं. ७ को अर्को नमुना काम – सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण



दीपा महत, वाणगंगा ।
मूलुकभरका स्थानीय तहका जनप्रतिनिधिहरु सुखसयल र सुविधामा रमाइरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिकाको एउटा वडा भने नमुना बन्दै गैरहेको छ । वाणगंगा नगरपालिकाकाको वडा नं. ७ आफै लोकप्रिय भएको होइन त्यहाँ निर्वाचित वडा अध्यक्ष विष्णु गिरीको मिसन र भिजनका कारण जिल्लामै नमुना बन्दै गएको हो । वाणगंगा नगरपालिकाले म सफा गर्छु मेरो नगर अभियान सुभारम्भ नगर्दै म सफा गर्छु मेरो वडा अभियान चलाएर चर्चा कमाएको वडा नं. ७ ले फेरी अर्को लोक प्रिय काम गरेको छ ।
बढिरहेको चिसोको कारण विपन्न तथा गरिब समुदायका विद्यार्थीहरुलाई न्यायो प्रदान गर्नका लागि आइतबार एक कार्यक्रम गरी दुई लाख ५० हजार बराबरको स्विटर वितरण गरेर वडा नं. ७ ले नमुना काम गरेको हो । वडाको बालबालिका लक्षित कार्यक्रम अन्तरगत जनचेतना निमावि वनगाई र नवदुर्गा निमावी मोतीपुरडाडाँमा अध्ययनरत ५ सय ६० जना विद्यार्थीहरुलाई आइतबार न्यायो स्विटर वितरण गरेको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
वडा नं. ७ का सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी विपन्न, गरिब, दलित र सुकुम्बासी समुदायका भएको हुँदा जाडो मौसम लागे संगै विद्यालयमा उपस्थिती संख्या घटिरहेको शिक्षकहरु बताउँछन । वडाले न्यायो स्विटर प्रदान गरेसंगै विद्यार्थीहरुको उपस्थिती बढ्नेमा आफुहरु आशाबादी रहेको जनचेतना निमावि बनगाईका प्रधानाध्यापक शम्भुराम खनालले बताउनुभयो ।
यसैगरी नवदुर्गा निमावी मोतीपुरडाडाँका प्रधानाध्यापक बलराम पाण्डेले वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो स्विटर प्रदान गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिनुभयो ।
कार्यक्रममा सहभागी वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले वडाले नं. ७ ले गरेको काम सबै वडाले अनुशरण गर्नुपर्ने बताउनुभयो । जाडोयाममा चिसोले गर्दा बालबालिकाहरुको उपस्थिती विद्यालयमा कम हुने हुँदा यस कार्यले विद्यार्थी सहभागीता बढाउन सहयोग गर्नेमा नआफु आशाबादी रहेको नगर उपप्रमुख अर्यालले बताउनुभयो ।
वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले सामुदायिक विद्यालय लक्षित कार्यक्रमले पठनपाठकमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । वडाले बालबालिका लक्षित कार्यक्रम सामुदायिक विद्यालयका विद्यार्थीहरु समक्ष गरेको भन्दै यो जिल्लाकै नमुना काम भएको शिक्षा शाखा प्रमुख जिसीले बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, वडाका ८ ओटै टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । न्यानो स्विटर पाएपछि विद्यार्थी र अभिभावक खुसी देखिन्थे । वडा नं. ७ ले वडाको विकासको लागि आफ्नो छुट्टै रणनिति बनाएर काम गरिरहेको छ । गत बर्ष सबै वडा भन्दा विकास निर्माण उत्कृष्ट ठहरीएको वडाले यस बर्ष पनि जनता लक्षित विभिन्न बजेट विनियाजन गरी काम गररहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ७ : १४ बजे