१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

होटल तथा रेष्टुरेन्टमा लगानी बढ्दो, गोरुसिंगेको ‘मायाज इन्टरनेशनल होटल’ मा आकर्षण



चन्द्रकान्त न्यौपाने, बुद्धभूमि ।
पछिल्लो समयमा कपिलवस्तुमा ‘हस्पिटालिटी’ (होटल, रेष्टुरेन्ट तथा रिसोर्ट) मा लगानी गर्नेहरुको आकर्षण बढेको छ । कपिलवस्तुको उत्तरी भेग, विशेष गरी महेन्द्र राजमार्गसंग जोडिएका क्षेत्रहरु पिपरा, चारनम्बर जितपुर, बनगाई, गोरुसिंगे, इमिलिया र चन्द्रौटामा करोडौँ लगानीमा धमाधम होटल तथा रेष्टुरेण्ट खुल्ने क्रम जारी छ । यस क्षेत्रका उद्योगी, व्यवसायी, व्यापारी तथा विदेशबाट फर्केकाहरुले विशेष गरेर यस क्षेत्रमा लगानी गरिरहेका छन् ।
बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा पछिल्लो क्रममा अन्तर्राष्ट्रिय स्तरको मायाज इन्टरनेशनल होटल एण्ड बार सञ्चालनमा आएसंगै आन्तरिक तथा बाह्य पर्यटकले रात विताउन थालेका हुन् । करिब १० करोडको लगानीमा स्थापना भएको सुविधा सम्पन्न मायोज जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सेवा दिने होटल हो । होटल सञ्चालनमा आउँदासम्म अहिले जग्गा र भौतीक संरचनाको लागि मात्र १० करोडको लगानी परेको छ ।
त्यसैका कारण स्थापनाको ५। ६ महिनाको अवधिमा मायाज होटलमा जिल्ला भित्र तथा बाहिरबाट स्वाद भर्न तथा आवासका लागि आउने पर्यटको संख्या दिनानुदिन बढ्ने गरेको छ । यति मात्र होइन बिभिन्न स्थानबाट बुटवल र दाङमा आएका व्यक्तिहरु प्नि रात विताउन मायोजमै आउने गरेको होटलका संचालक हरि प्रसाद शर्माले आर्थिक खबरलाई बताउनुभयो । युवा व्यवसायी तथा समाजसेवी समेत रहनुभएका शर्माको एकल लगानी रहेको मायाज इन्टरनेशनल होटलको मुख्य विशेषता भनेको यसले दिने गुणस्तरीय सेवा र सर्वसुलभता हो । होटलमा अहिले चाइनिज, इण्डियन र कन्टिनेन्टल खानाका परकारसंगै वस्ने खाने सुविधा छ । अत्याधुनिक प्रविधि प्रयोग गरिएको किचन अर्थात चिम्नी र यहाँ तयार हुने हाइजेनिक खानाले धेरैको मन जितेको होटल संचालक शर्माले बताउनुभयो ।
जिल्लाका अरु स्थानमा पनि करोडौं लगानीमा होटल बन्दै गरे पनि मायोज इन्टरनेशनल होटल सबैभन्दा पहिला सञ्चालनमा ल्याउन पाउँदा आफू एकदमै खुसी भएको उहाँ बताउनु हुन्छ । होटलमा अन्तराष्ट्रिय गुणस्तरको खाना, क्याट्रिङको सुविधा, सेमिनारको व्यवस्था, एसी नन यसी सहितको रुम, हाइजिनिक किचन रहेको छ भने निकट दिनमा जिम हाउस, स्विमिङ पूल, हेल्थ क्लब निर्माण गर्ने तयारी रहेको सञ्चालक शर्मा बताउँनुहुन्छ ।
बहिरबाट झट्ट हेर्दा होटल अत्यधिक सुविधा सम्पन्न छ । आम सर्वसाधारणले त्यहाँ आफ्नो पहुँच पुग्न नसक्ने सोच्न सक्छन् शर्माले भन्नुभयो, “डिस्प्ले देखेर आत्तिनु पर्दैन ।” ‘आम सर्वसाधारणको लागि पनि फिट हुने गरी व्यवस्था मिलाएका छौँ ।’
बुटबल यता सुविधा सम्पन्न होटल नहुँदा विशिष्ट पाहुनाहरुलाई समस्या हुँदै आएको थियो । त्यसैको आवश्यकता बोध गरेर होटल संचालनमा आएपछि उनीहरुलाई पनि सुविधा भएको होटल संचालकको भनाई छ । कपिलवस्तु बुद्धस्थलले धनि जिल्ला भएको कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन दैनिक बढिरहेको छ । तर, सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट नहुँदा समस्या भैरहेको बेला मायोज इन्टरनेशलन होटलले सेवा दिने विश्वास गरिएको छ ।
होटल बुकिङको लागि अनलाइन सिष्टमको पनि व्यवस्था रहेको छ । अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्धारी लगायतका ठाउँ घुम्नका लागि पनि सवारी सुविधा पु¥याउने होटलको तयारी छ । भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम भैरहेकोले तत्काल ट्राभल्सको पनि सुविधा मिलाउने तयारी छ । सबैको साथ र सहयोग रहेका खण्डमा यस क्षेत्रकै पहिलो स्टार अंकित होटल बनाउने आफ्नो योजना रहेको पनि शर्माले बताउनुभयो ।
होटल केवल नाफा कमाउने उदेश्यले मात्र सञ्चालन गरेको नभई यस क्षेत्रका बेरोजगार युवालाई रोजगारी दिने उदेश्यले पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो । अहिले होटलमा प्रत्यक्ष रुपमा १० जनाले रोजगारी पाइरहेका छन् । होटल म्यानेजमेन्ट अध्ययन कोर्ष पुरा गरेका २ जना कुक, सेफ १, तन्दुरी कुक १, वेटर ३, बारमेन १, हाउस किपिङ १ र सेक्युरिटी गार्ड १ गरी १० जनाले रोजगार पाएका छन् । होटलको स्तर र गुणस्तर बढ्दै जाँदा रोजगारको अवसर पनि थप सिर्जना गर्दै जाने होटलले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  २ : ५५ बजे