१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाणगंगामा हिमालय रिसोर्ट सञ्चालन, लगानी १५ करोड, ४० जनालाई रोजगारी !



दिपक अनुरागी, वाणगंगा । 

कपिलवस्तुमा सबैभन्दा ठूलो लगानीको रिसोर्ट अबका केही दिन पछि सञ्चालनमा आउँदै छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. १ ठाकुरापुरमा पिस हिमालय रिसोर्ट सञ्चालनमा आउन लागेको हो । झण्डै दुई बर्ष लगाएर रिसोर्टको भौतीक संरचना निर्माण गरिएको छ । यही महिना भित्र रिसोर्ट सञ्चालनमा आउने रिसोर्टका सञ्चालक रामु न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेको एकल लगानीमा सञ्चालन हुन लागेको रिसोर्टको लगानी झण्डै १५ करोड रहेको छ । रिसोर्टको भौतीक संरचनाका लागि झण्डै ६ करोड लागेको छ भने अरु रकम जग्गामा लागेको छ । २५ कठ्ठा जग्गामा रिर्सोट सञ्चालन हुने सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।

रिसोर्टमा स्विमिङ पूल, चिल्डे«न पार्क, जिम हाउस, फूटसल सहितको व्यवस्था हुने सञ्चालकको दाबी छ । अहिले स्विमिङ पूल निर्माण भैसकेको छ । जुन ४० बाई ८० फूटको रहेको न्यौपानेले बताउनुभयो । यस्तै हरियाली सहितको गार्डेन, ८ सय क्षमताको बैंक स्विट हल, रेष्टुरेन्ट बार, १२ रुम क्षमताको भिआइपी गेष्ट हाउस रहेको छ । आवश्यकता अनुसार गेष्ट हाउस थप गर्दै जाने सञ्चालकको तयारी छ ।

रिसोर्ट सञ्चालनमा आए संगै झण्डै ४० जनाले प्रत्यक्ष रुपमा रोजगार पाउनेछन । हालै मात्र ३२ जना कर्मचारी भर्ना गरी काम शुरु गर्न लागिएको न्यौपाने बताउनुभयो । रिसोर्ट सञ्चालकका अनुसार चार जना कुक, चार जना हेल्फर, एक जना सेफ, ६ जना सर्भिस म्यान, एक जना म्यानेजर, तीन जना सेक्युरेटी गार्ड, एक जना रिसेप्सनिष्ट, एक जना लेखापाल, एक जना लाइफ गार्ड, एक जना गार्डेनर, दुई जना रुम गार्ड, दुई जना क्लिनर राखेर रोजगारी दिइएको छ । अरु कर्मचारीलाई आवश्यकता हेरेर भर्ना गरिने छ ।

निर्माणधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भएपछि लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई कपिलवस्तु भित्त्राउने उद्धेश्य जिल्लाबासीको छ । बुद्धको क्रिडास्थलको रुपमा रहेको कपिलवस्तुमा डेढ सय बढी बौद्धस्थलहरु रहेका छन । तर, भौतिक विकासमा जिल्ला पछाडी पर्दा सोचजति प्रगती हुन सकेको छैन । पर्यटन प्रवर्धनका लागि होटल, रेष्टुरेन्ट पनि एउटा इट्टा भएकोले करोडौंको लगानीमा यी यस्ता सुविधाजनक होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आउनुपर्नेमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल जोड दिनुहुन्छ । ‘राज्यले पर्यटन प्रवर्धनको कुरा मात्र गरेर हुँदैन अध्यक्ष पौडेलले भन्नुभयो, पर्यटक बसोबास गर्ने खालमा होटल तथा रेष्टुरेनट पनि हुनुप¥यो ।’ वाणगंगामा सञ्चालन हुन थालेको रिसोर्टले महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु उहाँले आर्थिक मायादेवी अनलाइन संग भन्नुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई कपिलवस्तु जिल्लाको पर्यटकीय स्थल अवलोकनका लागि विशेष व्यवस्था गराउने रिसोर्ट सञ्चालकको लक्ष्य छ । सञ्चालक न्यौपाने भन्नुहुन्छ, “यहाँ आउने विशिष्ट पाहुनालाई राख्ने ठाउँ नहुँदा बुटबल लैजानुपर्ने बाध्यता छ त्यो अब अन्त्य हुन्छ ।” आन्तरिक पर्यटकलाई कपिलवस्तुमा भित्त्राउने उद्धेश्यले पनि आफुले करोडौको लगानी हालेर रिसोर्ट सञ्चालक गर्न थालेको उहाँले बताउनुभयो । रिसोर्टबाट कपिलवस्तुको पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । आकर्षण प्याकेजमा उक्त सुविधा दिने सञ्चालकको तयारी छ ।

पर्यटनको हिसाबले नेपालकै प्रमुख गन्तव्य मानिएको कपिलवस्तुमा हाल सम्म यति ठूलो लगानीको रिसोर्ट थिएन । जिल्लामा आउने भिआइपी पाहुनाहरु राख्ने सुविधा सम्पन्न रिसोर्ट नहुँदा समस्या हुँदै आएको थियो । १० स्थानीय तह रहेको कपिलवस्तुमा तीन प्रतिनिधिसभा क्षेत्र रहेका छन । नेपालकै प्रमुख भन्सार नाका कृष्णनगर पनि यही रहेको छ भने हालै मात्र सुठौली भन्सार नाका पनि सञ्चालनमा आएको छ । तराईको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको कपिलवस्तु सबै हिसाबले अगाडी रहेपनि बसोबासका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टको अभाव थियो । यद्यपी उक्त अभाव चिरेर आन्तरिक तथा बाह्य पर्यटक भित्त्राउनका लागि वाणगंगा क्षेत्रमा करोडौको लगानीमा रिर्सोट सञ्चालन गर्न लागिएको सञ्चालक न्यौपानेले बताउनुभयो ।

सस्तोमा सर्भिस दिन्छौ – न्यौपाने

वाणगंगामा सफल उद्योगीको रुपमा रामु न्यौपाने परिचित हुनुहुन्छ । कपिलवस्तुमै पहिलो पटक रिर्सोट सञ्चालकको आट गर्नुभएका न्यौपानेले सबैको साथ र सहयोग भए सफल भएर देखाउने बताउनुभएको छ । जिल्लाको पर्यटन प्रवर्धन गर्दै कपिलवस्तुलाई संसारभर चिनाउनका लागि पनि आफुले रिर्सोटमा लगानी हालेको उहाँले बताउनुभयो । आर्थिक खबर साप्ताहिक संग कुराकानी गर्दै न्यौपानेले भन्नुभयो, रिर्साेट हो हजारौँ खर्च लाग्छ भन्ने भ्रम कसैले नपाल्नुहोला । ढुक्क हुनुस नागरिकको मर्म विपरित हामी कार्य पनि गर्दैनौं ।

 

 

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ४ : ३४ बजे