५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

‘द भ्वाइस अफ नेपाल २’ को डिजिटल अडिसन सुरु हुँदै



काठमाण्डौ ।
नेपाली सांगेतिक क्षेत्रमा अहिलेसम्मकै चर्चित बनेको सिंगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन २ सुरु हुदैँछ । भर्खरै मात्र आफनो पहिलो सिजन चर्चा र सफलताका साथ सम्पन्न गरेको आयोजकले पुन दोस्रो सिजन सुरु गर्न लागेको हो । दर्शकहरुले अत्याधिक रुचाएपछि दोस्रो सिजन सुरु गर्न लागेको आयोजकले जनाएको छ । अब छिट्टै ‘द भ्वाइस अफ नेपाल’ २ को डिजिटल अडिसन सुरु हुँदैछ ।

रेकर्ड गरेर पठाएको भ्वाइस राम्रो भएमा ब्लाइन्ड अडिसनको लागि बोलाइनेछ ।देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने सबै प्रतिभाको सहज पहुँच होस भनेर भ्वास अफ नेपालले डिजिटल अडिसन लिँदै आएको छ । हालै कतार भव्य फाईनलसमेत गरेको ‘द भ्वाइस अफ नेपाल’ को पहिलो बिजेता भने पोखराका सिडी विजय अधिकारी भईसकेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ९ : ११ बजे