२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बंगलादेशमा सत्तारुढ दल अवामी लिगको तेस्रो जित, विपक्षी दलको मात्रै सात सिट



एजेन्सी ।
बगंलादेशको सत्तारुढ दल अवामी लिग तेस्रो कार्यकालका लागि बहुमत पाएको छ । प्रधानमन्त्री शेख हसिना वाजेदको दल अवामी लिग तेस्रो कार्यकालका लागि भारी बहुमत पाएको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ ।
अवामी लिगले ३ सय ५० मध्ये २ सय ८१ स्थानमा जित हात पारेको छ । सात सिट मात्र जितेको विपक्षी दल बीएनपीले चुनावमा धाँधली भएको भन्दै पुनस् मतदान गर्न माग गरेको छ । तत्काल स्वतन्त्र सरकार गठन गरेर नयाँ चुनाव हुनुपर्ने विपक्षी दल बीएनपीका नेता कमल हुसेनले बताउनुभएको छ ।
बंगलादेशको निर्वाचन आयोगले देशैभरि नक्कली मतदान गरिएको कुरा उठिरहेको भन्दै त्यसबारे छानविन गर्ने रोयटर्सले जनाएको छ । यस्तै बीबीसीले आफ्ना सम्बाददाताले एउटा मतदान केन्द्रमा मतदान सुरु हुनुभन्दा अघि नै मतपेटिका देखेको उल्लेख गरेको छ ।
बंगलादेशको सत्तारुढ दल अवामी लीगले सन २००८ देखि लगातार चुनाव जित्दै आएको छ । विपक्षी दलले भने धाँधली हुने गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १६ पुस २०७५ सोमबार ००:००  ४ : ४९ बजे