२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बहादुरगंजमा बसको ठक्करवाट एक जनाको मृत्यु



चन्द्रौटा ।

कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक बृद्धाको ज्यान गएको छ । कृष्णनगर नगरपालिका वडा नं ८ वहादुरगंज स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चन्द्रौटाबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ६९०९ नम्बरको बसले बाटो काट्दै गरेकी ७५ वर्षीय शरमती कोरीको ज्यान गएको इलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ । वस अनियन्त्रीत भई विपरित दिशावाट आएको साइकललाई समेत ठक्कर दिएको थियो ।

साईकल यात्री बिष्णु रहिदासको उपचार भईरहेको र अवस्था सामान्यमा रहेको बताइएको छ । ठक्कर दिने बसका चालक र बस प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले वताउनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७५ सोमबार ००:००  १२ : ११ बजे