४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वि.पि.को सिद्धान्त बामपन्थी नेताले पनि अंगाले : नेता खाँण



मायादेवी अनलाइन, तौलिहवा ।
कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री बालकृष्ण खाणंले वि.पि. को चिन्नन गरे मात्र नेपाली समाजमा विकास र समृद्धी हुने बताउनुभएको छ । नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा बोल्दै नेता खांणले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
बामपन्थी नेताले समेत वि.पि.को सिद्धान्त समाजवाद अगालेको हुँदा यो सर्वमान्य सिद्धान्त भएको समेत उहाले दाबी गर्नुभयो । नेपालमा जन्मिएका वि.पि. कोइराला र गौतम वुद्धका सन्देश उपदेश नेपालको विकास कार्यशैली र सामान्य नागरिकको हक हित र आचरण संग सम्वन्धित भएको हुँदा इतिहास र वर्तमान र भविष्यमा उक्त्त विचारहरु अमर रहने बताउनुभयो ।
नेपाली कांग्रेसले सिद्धान्तमा मात्र वि.पि.को विचार रटान नगरी सबै क्षेत्र र कर्मथलोमा विचार अगाल्नु पर्ने समेत उहाँले बताउनुभयो । राट्रियता, लोकतन्त्र र समाजवाद भन्दा बाहिर कोही पनि रहन नसक्ने र देश समेत नरहने हुँदा यस्ता सिद्धान्तलाई केही हद सम्म मानेमा पनि समाजमा सकरात्मक परिवर्तन र विकास हुने समेत उहाले बताउनुभयो ।
कार्यक्रममा वोल्दै सांसद अभिषेक प्रताप शाहले वर्तमान के.पी सरकारले जनतालाई झुटा आश्वासन दिने हत्या हिंसामा लाग्नेलाई कारवाही गर्नुको साटो प्रशय दिएको आरोप लगाउनुभएको छ ।
भारतवाट पानी जहाज यही वर्ष आउछ, घर घरमा ग्यास आउछ भन्ने जस्ता अभिव्यत्ती भारतीय पक्षलाई थाहा नभएको शाहले बताउनुभयो । भारतमा उच्च अधिकार संग भेट गरेर यस्ता आश्वसान वास्तविक हो भन्दा भारतिय अधिकारीहरुले यस्ता काम गर्नको लागी १० औ वर्ष लाग्ने तर्क गरेको उहाले सुनाउनुभयो ।
कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आचार्य, प्रदेश सभा सदस्य रिना नेपाल, पूर्व जिल्ला विकास सभापति रमेश शर्मा, पुर्व पार्टी सचिव शुरेश शर्मा, पार्टी सचिव महेन्द्र पाठक, जिल्ला सदस्य रवि काफ्ले, बहमानन्द उपाध्याय, परमात्मा पाठक, युवराज के.सी कोषाध्यक्ष शोहरत तेली क्षेत्रिय सभापति अकेल मिया लगायतले विपीको विचारका बारेमा वोलेका थिए ।
पार्टी सभापति सुरेन्द्रराज आचार्यको सभापतित्व र महिला संघकी केन्द्रिय सदस्य इन्द्रिरा भट्टराईको स्वागत र पार्टी सचिव प्रेम बहादुर रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७५ मंगलबार ००:००  १२ : २८ बजे