५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेकपा वाणगंगा नगर कमिटीको पहिलो बैठक बस्यो, यस्ता छन निर्णय ?



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाणगंगा नगर कमिटीको प्रथम बैठक सोमबार बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमा तीन महिना भित्र पार्टी सदस्यको नविकरण गर्ने र एक महिना भित्र वडा कमिटीको नेतृत्व जिल्ला कार्यदललाई सिफारिस गर्ने बैठकले निर्णय गरेको नगर कमिटी अध्यक्ष विश्व कार्कीले जानकारी दिनुभयो ।
बैठकमा बोल्दै नेकपाका केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टी एकता पछि कार्यकर्तामा खुसी छाएको भन्दै अब देश विकास तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । लामो समय मूलक अस्थिरताको दिशामा फसेको भन्दै अब देशमा स्थिरता आएकोले तीव्र रुपमा देश विकास हुने बताउनुभयो ।
सरकारले थुप्रै काम जनमैत्री गरेकोले कार्यकर्तालाई प्रचार प्रसार गर्न आग्रह गर्नुभयो । नेकपा वाणगंगाले जुझारु युवा नेतृत्व पाएको भन्दै उहाले सफल कार्यकालको शुभकामना दिनुभयो ।
सोही बैठकलाई सम्बोधन गर्दै पार्टीकी केन्द्रीय सदस्य विमला घिमिरेले मुलुकको विकास अहिलेको सरकारले गर्ने भन्दै ढुक्क रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । सरकारले गरेको काम प्रभावकारी भैरहे पनि विपक्षी दलले अपवाह फैलाउने काम गरेको भन्दै केन्द्रिय सदस्य घिमिरेले त्यो भ्रमलाई चिर्दै प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेकपा प्रदेश कमिटी सदस्य एवं प्रदेश कार्यालय सचिव बलराम अधिकारी, प्रस्तावित जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, प्रदेश कमिटीका सदस्य कृष्ण पौडेल, प्रभा पौडेल, जोनी बञ्जाडे, सत्यनारायण त्रिपाठी, प्रस्तावित जिल्ला सचिव रामचन्द्र शाह, जिल्ला कार्यदल सदस्य डम्मर शर्मा, पार्टी जिल्ला नेता बाबुराम खनाल लगायतको उपस्थिती रहेको थियो । नगर कमिटी अध्यक्ष विश्व कार्कीको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन नगर कमिटी सचिव टेकेन्द्र कुमार क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७५ मंगलबार ००:००  १२ : ३२ बजे