१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जवरजस्ती करणीका आरोपित धोवी पक्राउ



मायादेवी अनलाइन, महाराजगञ्ज ।

कपिलवस्तुको महाराजगञ्जका जवरजस्ती करणीका आरोपित मोहम्मद धोवी पक्राउ परेका छन । नाम परिवर्तित ५१ बर्षिय महिलालाई जवरजस्ती करणी गरेको पीडित पक्षको जाहेरीको आधारमा सोमबार प्रहरीले धोवीलाई पक्राउ गरेको हो ।

उनलाई कपिलवस्तु नगरपालिका वडा नं. ६ रुधौला देखि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ परेका उनी माथि जिल्ला अदालतमा पाँच दिने म्याद थपि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७५ मंगलबार ००:००  १२ : ३४ बजे