४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा जारी



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले रेलिगेसन जोनको फुलह्यामलाई ४–१ ले हरायो ।

प्रिमियर लिगको अघिल्लो खेलमा लिभरपूलसँग ५–१ को हार ब्यहोरेको आर्सनलले इमिरेट्स स्टेडियममा फुलह्यामको पोस्टमा चार गोल र्गयो । फुलह्यामविरुद्ध जित दिलाउनका लागि ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक अबामेयाङ्ले एक–एक गोल गरे । जाकाले २५औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । ५५औँ मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

६९औँ मिनेटमा अबुबाकर कमाराले गोल गर्दै आर्सनलको अग्रता २–१ मा छोट्याए । ७९औँ मिनेटमा राम्से र ८३औँ मिनेटमा अबामेयाङ्ले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।

आर्सनल ३८ अंक बनाउँदै पाँचौँ स्थानमा छ । फुलह्याम भने १४ अंक जोड्दै रेलिगेसन जोनमा छ ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ३५ बजे