४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लेस्टरसँग एभर्टन स्तव्ध



एजेन्सी ।

मंगलबार राति भएको खेलमा लेस्टरले एभर्टनमाथि १–०को जित निकाल्दै प्रिमियर लिगको तालिकामा सातौँ स्थानमा उक्लिएको छ । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । लेस्टरले ५८औँ मिनेटमा एक गोल गरेको थियो । उसका लागि जेम भर्डीले गोल गरेका थिए ।

रिकार्डो परेराको पासमा गरेको एक मात्र गोल नै लेस्टरको जितमा निर्णायक बनेको थियो । भर्डीले गोल गर्दा जोर्डन पिक फर्डलाई बचाउने मौकानै दिएका थिएनन् ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ३७ बजे