२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रोनाल्डोले ग्लोब सोकर २०१८ को अवार्ड पाए



एजेन्सी  ।

पोर्चुगिज फुटल स्टार क्रिस्टियानो रोनाल्डो ग्लोब सोकर अवार्डको २०१८ का उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता बन्न सफल भएका छन् ।  बिहीबार साँझ यूएईको दुवैमा आयोजित अवार्ड समारोहमा रोनाल्डोले दुई अवार्ड  हात पार्न सफल भएका हुन् ।  यसै सिजन स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका रोनाल्डोका यस अवार्डमा निकै रमाइलो पक्ष रह्यो ।

च्याम्पियन लिगमा गतसाल रियल मड्रिडबाट वर्ममान क्लब युभेन्टसविरुद्ध गरेको ओभर हेडकिक गोलमा नै रोनाल्डोले उत्कृष्ट अवार्ड पाए ।  २०१८ अप्रिल ३ मा भएको लिगको  क्वाटरफाइनल खेलमा रियल मड्रिडले युभेन्टसलाई उसकै मैदानमा ३–० ले पराजित गरेको थियो ।

जसमा रोनाल्डोले २ गोल गरेका थिए । तेस्रो मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ६४ औं मिनेटमा अर्को गोल गरेका थिए । उनले टाउकोमाथि रहेको बललाई जम्प गर्दै उल्टो किक हानी पोस्टमा छिराएका थिए यही गोल नै उत्कृष्ट ठहरिएको हो ।

ग्लोब सोकर अवार्डमा वर्षको उत्कृष्ट क्लबको अवार्ड स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पायो । उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सको राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेस्च्याम्सले पाए । करिएर कोचको अवार्ड फाबियो कापेल्लोले पाए ।

युरोपियन एसोसिएन अफ पप्लेयर एजेन्ट्स र युरोपियन क्लब एसोसिएनले आयोजनामा प्रदान गरिने ग्लोब सोकर सन अवार्ड २०१० देखि सुरु भएको हो ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : ०१ बजे