२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश



एजेन्सी ।
टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत आज राति अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब टोटनह्यामले लिग टू क्लब ट्रान्मेर रोभर्सलाई ७–० ले हराउँदै चौथो चरणमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा एक गोल मात्रै गरेको टोटनह्यामले दोस्रो हाफमा आधा दर्जन अर्थात ६ गोल गरेको हो । फेर्नान्डो योरेन्तेले ह्याट्रिक गरे भन सेर्जो अरियर २ तथा सन हेङ–मिन र ह्यारी केन एकएक गोल गरे ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  २ : ४९ बजे