१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल मगर विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा सुमन थापा मगर



कपिलवस्तु ।
नेपाल मगर विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा सुमन थापा मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज बोर्डगाउमा सम्पन्न ५ औ अधिवेशनले २१ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको हो । जसको उपाध्यक्षमा शलिना थापा मगर, सचिवमा राजेश थापा मगर, सह सचिवमा जीवन लामिछाने मगर , कोषाध्यक्षमा निशान बुढाथोकी मगर र अन्य सदस्यमा रहनु भएको छ ।


कार्यक्रम नेपाल मगर विद्यार्थी संघ केन्द्रिय सदस्य ईन्द्र सारु मगरको प्रमुख आतिथ्य, नेपाल मगर संघ कपिलवस्तु जिल्ला अध्यक्ष लक्ष्मी सारु मगर, विद्यार्थी संघ लुम्बिनी अञ्चल अध्यक्ष कुमार रास्कोटीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी अञ्चल सह सचिव प्रदिप घर्ती मगर, सिद्धार्थ क्याम्पस स्ववियु कोषाध्यक्ष रुपा बुढा मगर लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम तूल बहादुर सर्यवंशी मगरको अध्यक्षता अध्यक्ष सुमन थापा मगरको सञ्चालन र विनोद थापा मगरको सञ्चालनमासम्पन्न भएको हो । नेपाल मगर विद्यार्थी संघ विशुद्ध राजनितीक संघ हो ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  १२ : १७ बजे