२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

डिपिएलमा कपिलवस्तुको प्रतिनिधित्व, वनगाईका रोविनलाई धनगढी स्टारले किन्यो (लिस्टसहित)



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
धनगढीमा हुने टि–२० फम्र्याटको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटमा कपिलवस्तुले पनि प्रतिनिधित्व पाएकोे छ । आगामी माघ २६ गतेदेखि फागनु १५ गतेसम्म हुन लागेको क्रिकेटको लागि आज समाप्त भएको खेलाडी बोलकबोल (अक्सन) मा बाणगंगाा ७ बनगाईका रोविन भट्टराई पनि अटाए पछि यसपटक पनि डिपिएलमा कपिलवस्तुले पनि प्रतिनिधित्व पाएको हो । रोविन भट्टराइलाई धनगढी स्टारले ३५ हजारमा अनुबन्ध गरेको छ । अब उनले माघ २५ गतेबाट नेपालका राष्ट्रिय खेलाडीसंग खेल्ने मौका पाउने छन् । यसअघि उनी २५ हजारमा अनुबन्ध थिए ।

रोविन बलिङमा अब्ब्ल मानिन्छन् । उनी बाँयाँ हाते ब्याट्समेन पनि हुन् । यसअघिको डिपिएलको एक खेलमा उनी म्यान अफ दि म्याच पनि भएका थिए । उनले स्थानीय स्तरमा हुने प्रतियोगितामा निकै राम्रो खेल पस्कँदै सबैको मन जित्दै आएका थिए । छिमेकी जिल्ला रुपन्देहीबाट नेपालको राष्ट्रिय टिममा शक्ति गौचनजस्ता खेलाडी उत्पादन भए पनि कपिलवस्तुबाट उनीबाहेक अरुले यस प्रकारका प्रतियोगितामा मौका पाएका थिएनन् । नेपालमै सर्वाधिक पुरस्कार राशीको सबैभन्दा चर्चित क्रिकेटमा कपिलवस्तुका रोविनले दोश्रो पटक स्थान पाउनुले जिल्लामा क्रिकेटको राम्रो सम्भावना रहेको पुष्टि भएको छ । रोविनले डिपिएलमा राम्रो प्रस्तुति दिएर राष्ट्रियस्तरसम्म आफ्नो प्रभाव गर्न सक्नेमा धेरै आशाबादी छन् । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्।

२ सय ५ खेलाडीले नाम दर्ता गराएको अक्शनमा आरिफ शेख, ललित भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजबंशी जनही साढे दुई लाख रुपैयाँमा विभिन्न टिममा अनुबन्ध भएका छन् । त्यस्तै प्रदिप ऐरी भने २ लाख ४० हजार रुपैयाँमा रुपन्देहीमा आबद्ध भएका छन् ।

प्रदिप, विनोद भीम र ललित भण्डारीलाई रुपन्देहीले, आरिफलाई महेन्द्रनगरले, पवनलाई धनगढीले र ललित राजवंशीलाई काठमाडौंले लिएका हुन् । डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

कुन टिममा कुन खेलाडी परे त ?

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  ४ : ०० बजे