२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बंगलादेशमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन पहिलो खेलमा नै २ विकेट लिन सफल



खेल ।
बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पहिलो खेलमा नै २ विकेट लिन सफल भएका छन् ।

। जसमा उनले सोयव मलिकलाई १३ रनमा आउट गरे भने इनामुल हकलाई ५ रनमा बोल्ड गरे ।

आठौं ओभर लिएर आएका उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा पनि एक रनमात्र खर्चिए । तेस्रो बलमा स्टिभ स्मिथले डिफेन्स गरे भने चौथो बलमा एक रन लिन सफल भए । त्यसपछि दुई बलमा एक रन दिए ।

१० औं ओभर लिएर आएका सन्दिपले मात्र तीन रन दिए । उनले ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा विकेटका लागि अपिल गरेका थिए । त्यसपछि तेस्रो बल उनले डट फाले । चौथो बलमा एक रन खर्चिन पुगे । त्यसपछिका दुई बलमा उनले एक रन खर्चिए ।

त्यसपछि उनले आफ्नो ब्यक्तिगत तेस्रो ओभरमा ६ रन दिए । जसमा सुरुवाती दुई बल वाइड गरेका थिए । त्यसपछि उनले एक रन दिएभने अर्को बल डट गरे । अर्को बलमा मल्लिकले अगाडि बढेर खेल्न खोज्दा एलबीडब्लुको अपिल गरेका थिए तर दिइएन।

त्यसपछि उनले अर्को बलमा फेरि एक रन दिए । ओभरको अन्तिम बलमा उनले सोयब मलिकको विकेट लिन सफल भए । उनले सोयबलाई सब्बिर रहेमानको हातबाट क्याच आउट गराएका हुन् ।

मलिकले आउट हुँदा व्यक्तिगत १३ रन बनाएका थिए । उनको विकेटसँगै सन्दीपले २४ रनको साझेदारी तोडे ।

व्यक्तिगत चौथो ओभर उनले खेलको १५ औं ओभरमा बलिङ गरेका थिए । पहिलो बलमा इमानुलले २ रन लिएका थिए । त्यसलगत्तै दोस्रो बलमा उनी बोल्ड हुँदै पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका शाहिद अफ्रिदीले सन्दीपको बाँकी ४ बलमा कुनै रन बनाउन सकेनन् ।

सन्दीपले समग्रमा १६ रन खर्चदैं २ विकेट लिए ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १० : १६ बजे