११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

बुद्धभूमिमा ब्राउन सुगर सहित एक जना पक्राउ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ बाट १० किलो २२ ग्राम चरेश, ११ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।
कृष्णनगरबाट गोरुसिंगे तर्फ आउदै गरेको युपि ५५ आर ७५२० नम्बरको मोटरसाईकलमा सवार मुकेश चौरासियालाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु औषद फेला परेको हो ।
पक्राउ परेका चौरासिया भारत जिल्ला सिद्धार्थ नगर थाना सोहरत गढ ग्राम चेतराका हुन । उक्त लागु औषध बरामद गरी चौरसियालाई कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरकेो प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : ३५ बजे