२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रियल मड्रिड घरेलु मैदानमै पराजित, बार्सिलोनाको संघर्षपूर्ण जित



एजेन्सी ।
बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गर्दा अर्को स्पेनी क्लव रियल मड्रिड भने घरेलु मैदानमै पराजित भएको छ । आइतबार राति भएको खेलमा लियोनल मेस्सी कप्तानीको टिम बार्सिलोनाले अवे मैदानमा गेटाफेलाई २–१ ले हराएको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । उनले २० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । ।
यो गोल संगै मेस्सीले ला लिगामा ३९९ गोल गरेका छन् । यस्तै ३९ औँ मिनेटमा स्वारेजले गोल गर्दै अग्रता दोब्बर पारे । गेटाफेका लागि माताले एक गोल फर्काए । दुवै टिमबाट पहिलो हाफमा नै गोल भएको हो ।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ ।
यता स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड भने अप्रत्यासित रुपमा पराजित भयो । रियललाई रियल सोसिडाडले २–० ले पराजित गरेको गरेको थियो । खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई उसकै मैदानमा रियल मड्रिडले हराएको यो पछिल्लो १५ वर्षमा पहिलोपटक हो ।
खेलको तेस्रो मिनेटमा नै रियल सोसिडाडले पेनाल्टीबाट गोल गर्ने मौका पायो । ६१ औँ मिनेटमा लुकास भाज्क्वेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो । ८३ औँ मिनेटमा रुबेन पार्डोले गोल गरेपछि रियल सोसिडाड २–० ले विजयी भएको हो ।
जितपछि १८ खेलबाट २२ अंक बनाएको रियल सोसिडाड ११ औँ स्थानमा उक्लिएको छ । पराजित भएको रियल मड्रिडले चौथो स्थानमा उक्लिने मौका गुमाएको छ । पाँचौँ स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३० अंक छ । चौथो स्थानको एलाभेसको ३१ अंक छ र्। स्थानको बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ ।
शीषआइतबार राति नै भएको खेलमा तेस्रो स्थानको सेभिल्लासँग १–१ को बराबरीमा रोकिएको एथ्लेटिको मड्रिडको ३५ अंक छ । सेभिल्लाको भने ३३ अंक रहेको छ । राति नै भएको अर्को खेलमा एइबर र भिल्लारियलले गोल रहित बराबरी गर्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ३ : ०२ बजे