२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिटीको सानदार जित, रोदरह्याम युनाइटेडको लज्जास्पद हार



एजेन्सी ।
एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । एफए कपको तेस्रो चरण अन्तर्गत आइतबार राति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब रोदरह्याम युनाइटेडलाई ७–० ले हराएको हो ।
सिटीको जितमा ६ गोल सिटीकै खेलाडीले गरे भने एक गोल रोदरह्यामले उपहारमा दियो । पहिलो हाफमा तीन गोल भएको खेलमा दोस्रो हाफमा थप चार गोल भयो ।
सिटीका लागि पहिलो १२ औँ मिनेटमा रहिम स्ट्रर्लिङ्ग र ४३ औँ मिनेटमा फिल फोडिनले गोल गरे । यस्तै पहिलो हाफको इन्जुरी समयमा रोदरह्यामका सेमी अजेयीले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो ।
सिटीका लागि गाब्रिएल जिससले ५२ औँ, रियाद महरेजले ७३ औँ, ओटामेन्डीले ७८ औँ तथा लिरोय सानेले ८५ औँ मिनेटमा गोल गरे र ७–० को जित दिलाए । जितपछि सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति नै भएको खेलमा न्युपोर्टसँग २–१ ले परातिज भएको लेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरियो । अरु खेलमा वाट्फोर्डले वोकिङ्गलाई २–०, बार्नेटले सेफिल्ड युनाइटेडलाई १–०, क्युपिआरले लिड्सलाई २–१, डनक्यास्टरले प्रिस्टनलाई ३–१, मिलवालले हल सिटीलाई २–१ तथा ओल्डह्यामले फुलह्यामलाई २–१ ले हराउँदै चौथो चरणमा स्थान पक्का गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ३ : ०४ बजे