२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

काठमाण्डौँ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो। विवादमा तानिएकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समितिसमेत बनाएको थियो।

परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो।

मानव तस्करीको आरोप लागेकी शेर्पालाई सरकारले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो।

परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ५ : २२ बजे