३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

स्वर्गद्धारी नगरपालिकाका मेयरलाई विप्लवका कार्यकर्ताले मोबिल छर्किए



सलिम अन्सारी, प्युठान ।
प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोकाय माथी मोबिल दल्ने प्रयास भएको छ । बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नगरपालिकामै पुगेर मोविल छर्केका हुन । मेयर रोका नगरपालिकामा योजना बारे छलफल गरिरहेका बेला योजना शाखाको कार्यकक्षमै पुगेर मोबिल दल्ने प्रयास गरिएको हो ।
आफुले लगाएको कपडामा मोबिल लागेको मेयर रोकाले बताउनुभयो । हामी योजना शाखामा योजना बारे छलफल गर्दै थियौं मेयर रोकाले भन्नुभयो मलाई केही जानकारी थिएन ,उनिहरु ३ जनाको समुहमा थिए सवै कब्जामा छौ चुप लाग भनेर म माथी मोविल लगाए ।
आज दिउँसो दुई बजे तीन जनाको समुहमा रहेका उनिहरुले मेयर माथी मोबिल खन्याएर फोटो समेत खिचेर भागेको मेयर रोकायले टेलिफोनमा बताउनुभएको छ । स्वर्गद्धारी नगरपालिकाले प्रेस बिज्ञपति जारी गर्दै नगरप्रमुख रोकाए माथी प्रज्वलनशील पदार्थ खन्याई भएको आक्रमणको प्रयास प्रती गंभिर ध्यानाकर्षण भएको बताएको छ ।
नगरको काममा अबरोध गर्ने र शान्ती सुरक्षामा खलल पुर्याउने काम गरेकाले त्यस्ता गैरकानुनी कार्य गर्ने समुहलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई बिज्ञपति मार्फत आग्रह गरिएको छ । घटनाबाट नगरपालिकाको नियमित कामकाज कुनै बाधा नपुगेको समेत जनाईएको छ । स्थानीय तह चुनावमा मेयर रोकाय तत्कालिन एमालेबाट नगरप्रमुखमा निर्वा्चित भएका थिए ।
उता बिप्लव नेतृत्वको नेकपाले स्वर्गद्धारी नगरप्रमुखलाई कारबाही गर्न शीर्षक दिएर बिज्ञपति निकालेको छ। जिल्ला सेक्रेटरीको दस्तखत नै नभएको ६ बुंदे बिज्ञप्तीमा भष्ट्राचार गरेको,जनता माथि कर थोपरेको, उपोभोक्ता समितीमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाईएको छ।
कमिसनको भरमा प्राकृतिक श्रोतको दोहन गरिएको,कर्मचारी पदपुर्तीमा बिज्ञापन गरेको देखाईएपनी आफू निकट उम्मेद्धवारलाई नियुक्ती दिएको आरोप मेयर रोका माथी लगाईएको छ ।

विप्लवको विज्ञप्ती

यसैबीच, नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ती जारी गर्दै कारवाहीको चेतावनी दिइएको छ। मेयरको हालको कामकारवाही नसच्चिए कठोर कदम चाल्ने उसले चेतावनी दिएको छ । विप्लवका जिल्ला ईन्चार्ज ’अजय’ ले जनता र पार्टिका केही मान्छेहरु घट्नामा संलग्न रहेको स्वीकार गरेका छन ।’
नगरपालिकामा आफू अनुकुल गर्ने र आर्थिक हिनामिना लगायत विभिन्न खालका क्रीयाकलाप देखिएकोले मेयर माथी कारबाही गर्नु परेको उनले बताए।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  २ : ५३ बजे