३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

कपिलवस्तुमा कम्बल बितरणको लहर



दिलिप कुमार यादव, कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा अहिले खुल्ला कम्बल वितरणको लहर चलेको छ । जिल्लाको स्थानिय तहहरुले आर्थिक वर्षमा कम्बल वितरण गर्ने योजना अनुरुप वितरणमा तित्र्रता दिएका छन । कपिलवस्तु नगरपालिकाको विभिन्न वडामा कम्बल वितरण भई सकेको छ । भने मायादेवी गाउँपालिका पनि आप्ःनो वडाहरुमा कम्बल वितरणलाई तिब्रता दिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीको आयोजनामा २ सय ५५ जेष्ठ नागरिक र बिपन्नलाइ कम्मल बितरण गरिएको छ । वडा कार्यालयको आयोजनामा वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका र बिपन्नलाई कम्मल बितरण गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, वडा नम्बर ११ का वडा अध्यक्ष राम गोपाल यादपव र वडा सदस्यहरु लाल बहादुर कुर्मी, सुर्यदेव तेली, अकालपाती अहिर र सोना खटिकले कम्मल बितरण गरेका हुन । नगरपालिकाले आगामी बर्षमा समेत जेष्ठनागरिक, अपाङ्गता भएका नागरिक र महिलालाई लक्षित गरि जाडोका लुगा बाड्ने कार्यलाई निरन्तरता दिने कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ताले बताईन । वडा कार्यालयले बढदो जाडो सगै जेष्ठ नागरिक र बिपन्नलाई चिसोबाट बच्न कम्मल बितरण गरेको जनाउदै गर्भवती र सुत्केरी महिलालाई समेत प्राथमिकतामा राखी कार्यक्रम गरिने वडा अध्यक्ष राम गोपाल यादवले जानकारी दिए । कार्यक्रममा वडा सचिव केशव फुल्देल, प्रहरी सहायक निरिक्षक तोय बहादुर भट्टराई, कपिलवस्तु नगरपालिकाका प्रेस सल्लाहकार खग प्रसाद चापागाई र आदर्श युवा क्लबका अध्यक्ष उदयभान यादव लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ९ : २९ बजे