१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यसरी मनाइयो कपिलवस्तुको चारनम्बरमा पृथ्वी जयन्ती



मायादेवी अनलाइन, कपिलवस्तु ।
शुक्रबार पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, जनस्तरबाट भव्यताको साथ मनाईएको छ । सरकारले सार्वजनिक विदा नदिए पनि नेपालको एकिकरण गर्न शाहले महत्वपूर्ण भूमिका खेलेको भन्दै जनस्तरबाट पृथ्वी जयन्तीमा देशभर बिभिन्न कार्यक्रम भएका छन् ।
यसैबीच कपिलवस्तुमा पृथ्वी जयन्तीको अवसरमा दीपप्रज्वलन भएको छ । साँझ बिभिन्न क्लव संस्था, बिभिन्न राजनैतिक दलमा आवद्ध विद्यार्थी, स्थानीय युवाहरु, नेताहरु ४ नम्बर चोकमा जम्मा भएर शाहको योगदानको स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो ।


बडामहाराजधिराज शाहको ठुलो तस्विरमा फूल तथा माल्यार्णपण गरी सबैले मैन वत्ती बालेर शाहको सम्मान गरेका थिए । सरकारले आज सार्वजनिक बिदा नदिएर राष्ट्रनिर्माता शाहको अपमान गरेको भन्दै कार्यक्रममा उपस्थित युवाले आक्रोस पोखेका थिए । यस्तै जिल्लाका बिभिन्न स्थानमा पनि आज दीप प्रज्वलन लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो ।


विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायण शाहले बाइसे चौबिसेको सङ्ख्यामा रहेका स–साना टुक्रा राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको हो ।
राज्य सञ्चालनका सिलसिलामा उहाँले त्यसबेला व्यक्त गर्नुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएका छन्

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  १ : ४३ बजे