१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

किसानलाई ठुक्क भएर लगानी गर्न नगर प्रमुख अधिकारीको आग्रह



अराज सिहं बेल्बासे, चन्द्रौटा ।
हिमपात साना किसान सहकारी संस्थाको दोस्रो साभारण सभा सम्पन्न भएको छ । शिबराज नगरपालिका ५ मा २०७३ सालमा स्थापना भएको सहकारीले बिभन्न ७६ वटा समुह गठन गरी ७०६ जना सेयर सदस्य रहेका छन । कार्यक्रमका बीच १ करोड ६५ लाख २१ हजार ६०३ बराबरको आयब्यय प्रस्तुत भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिबराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले संस्थाले छोटो समयमै राम्रो प्रगति गर्दै सहकारीलाई साना किसान सहकारीमा परिणत गर्न सफल भएकोमा प्रसंसा गर्नुभयो ।
साथै सहकारीमा आवद्ध रहेका सदस्यहरुलाई उत्पादनको क्षेत्रमा रकम लगाउन अनुरोध गर्नुभयो । सहकारीका समुहहरुले उत्पादन गरेका हरेक उत्पादनको कृषि बजारमा समस्या नभएको बताउदै हरेक उत्पादन कृषि सहकारी संघले खरिद गर्नै बताउदै ठुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य बसन्त अर्यालले सहकारीमा रहेका ब्यक्तिहरुले नामको कृषि गरेर नहुने बताउनुभयो । केही सहकारीहरुले ऋण दिने तर कहाँ लगानी गरेको छ वास्ता नगर्ने, व्याजको मात्र मतलव राख्ने गरेकोले अब सहकारीले गरेको लगानी कृषिको क्षेत्रमै हुनपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष शिबराज सुबेदीले आगामी बर्ष करौडौ लगानी कृषि क्षेत्रमा गर्ने योजना सहितको आगामी बर्ष ५ करोड ३३ लाख बराबरको प्रस्ताबित आयब्यय प्रस्तुत गर्नुभयो ।
साथै संस्थाबाट १२ जना कृषकहरुले सहकारीबाट अनुदान प्राप्त गर्दै तरकारी खेती, पशुपालन, बाख्रा, बङ्गुर कुखुरा पालन गरिरहेको अध्यक्ष सुबेदीले बताउनुभयो । साथै आगामी बर्ष तरकारी खेती बिउ उत्पादन दुध मासु उत्पादन लगायतलाई ब्यवसाय गर्न २ करोड लगानि गरिने भएको छ ।
साथै १२ जना कृषकहरुले सहकारीबाट अनुदान प्राप्त गर्दै तरकारीखेती, पशुपालन, बाख्रा, बङ्गुर र कुखुरा पालन गरिरहेको अध्यक्ष सुबेदीले बताउनुभयो । साथै आगामी बर्ष तरकारी खेती बिउ उत्पादन दुध मासु उत्पादन लगायतलाई ब्यवसाय गर्न २ करोड लगानी गरिने भएको छ । यस्तै ३ सय जनामा कृषि लगानि, दुध संकलन डेरी सञ्चालन गर्ने चिस्यान निर्माण कृषि बिमा लगायतका योजना रहेका सुबेदीले जानकारी दिनुभयो । साधारणसभाको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।
कार्यक्रममा शिवराज वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी, ब्यापार संघ कपिलबस्तुका महासचिव जगत पौडेल, मानव अधिकार प्रतिष्ठानका सभापति बिष्णु प्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष शिबराज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शिशिर लामिछानेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  १ : ५५ बजे