१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिश्रको भोजपुरी पप गीत छिट्टै बजारमा आउँदै



सीताराम चौधरी, कपिलवस्तु ।
चर्चित भोजपुरी गायक एवं नायक श्याम कुमार मिश्रको भोजपुरी पप गीत छिट्टै बजारमा आउँदैछ । मिश्रको आफ्नै स्वर रहेको ‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना’बोलको भोजपुरी पप गीत बजारमा आउन लागेको हो । के.के. सिंहको सङ्गीत रहेको भोजपुरी पप गीत दुई दिनअघि मात्र रेकर्डिङको काम सकिएको गायक मिश्रले बताउनुभएको छ । भोजपुरी गीतको सिडी एल्बम अब छिट्टै स्रोतामाझ ल्याउने तयारीमा छु, मिश्र बताउनुभयो ।
कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले आधुनिक नेपाली गीतको एल्बम पनि स्रोता र दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । ‘गीतको तयारी भइरहेकाले अब चाँडै नै स्रोता र दर्शकमाझ आउँदैछ’, –उहाँले सुनाउनुभयो ।
नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका श्याम हालै मात्र एकीकृत राप्रपा राष्ट्रबादीको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । यसै साता मिश्र पूर्वराजा ज्ञानेन्द्र शाहसँग पोखरामा भेटघाट र देशको बर्तमान अवस्थाको समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न पुग्नुभएको थियो । गत स्थानीय निर्वाचनमा उहाँ कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत हुनुहुन्छ । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढने मिश्र बताउनुहुन्छ ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : ५० बजे