१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुका विरेन्द्र कानौडियाले कुर्लदै भने, ‘स्थायी राजधानी रुपन्देहीको विकल्प छैन’



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु प्रतिनिधिसभा ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.‘२’ का सांसद विरेन्द्र कानौडिया प्रदेश स्थायी राजधानी रुपन्देहीको पक्षमा उभिएका छन । कपिलवस्तुबाट निर्वाचित कनौडियाले रुपन्देहीमा स्थायी राजधानी हुनुपर्ने जोडदार माग गरे । विहीबार रुपन्देही कांग्रेसले बुटबलमा गरेको स्थायी राजधानीको माग सम्बन्धि आमसभामा बोल्दै प्रदेशसभा सदस्य कानौडियाले स्थायी राजधानीको विकल्प रुपन्देही बाहेक अरु हुन नसक्ने ठोकुवा गरे ।
दाङ र रुपन्देहीले प्रदेशको स्थायी राजधानी जोडतोडले मागि रहदा कपिलवस्तुले पनि स्थायी राजधानी माग गरिरहेको छ । नेकपा र कांग्रेसबाट केन्द्रिय राजनीतिमा वर्चश्व जमाउन सक्ने यी दुई जिल्लामा नेता भएपनि कपिलवस्तुमा त्यस्ता नेता छैनन ।

नेकपाबाट चक्रपाणी खनाल वलदेव र कांग्रेसबाट दीपकुमार उपाध्यायले केन्द्रिय राजनीतिमा वर्चश्व राख्ने भएपनि जिल्ला प्रति त्यति चासो देखाएको देखिदैन । किनकि रुपन्देही र दाङका नेताले प्रदेश राजधानी आफ्नै जिल्लामा हुनुपर्ने खुलेयाम भाषण गरेपनि बलदेव र उपाध्याय ‘चु’ बोलेका छैनन । यद्यपि चुनाव ताका भने जनताको मन जित्न प्रदेश राजधानी कपिलवस्तु हुनुपर्ने माग उठाएका थिए ।
कपिलवस्तुबासीले प्रदेशको राजधानी कपिलवस्तु नै हुनुपर्ने भन्दै गत बर्ष लामो आन्दोलन गरेका थिए । तत्कालिन कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला प्रदेशको अस्थायी राजधानी बुटबल तोकेपछि आन्दोलन मत्थर भएको थियो । तर, विहीबार कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी राजधानी बुटबल हुनुपर्ने भन्दै शक्ति प्रर्दशन गरेपछि यो विषय तात्ने देखिएको छ ।
ठूला भनिएका नेता नै कपिलवस्तुमा प्रदेश राजधानी हुनुपर्ने पक्षमा नबोलेको बेला प्रदेश सांसद पनि रुपन्देहीको पुच्छर बन्न थालेका छन । नेताहरुको च्याप्लुसी गरेर राजनीति गर्न बानि परेका जिल्लाका केहि नेता खुलेयाम आफ्नो हैसियत देखाउन थालेका छन । विहीबार त्यस्तो उदाहरण स्वरुप देखियो प्रदेश सांसद विरेन्द्र कानौडिया । उनले प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्छ भनेर आवाज उठाउँलान भन्ने जिल्लाबासीको निकै आशा थियो तर निराशामा बदलिदिएका छन ।
६ ओटा प्रदेश निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा कांग्रेसबाट प्रत्यक्षमा चुनाव जित्ने कानौडिया मात्र एक्ला सांसद हुन । उनी खुलेयाम कपिलवस्तुको जनमतलाई लात हान्दै रुपन्देहीको पुच्छर बन्न पुगेका छन । कांग्रेसबाट अरु तीन सांसद समानुपातिकबाट प्रदेश सांसद छन । उनीहरु खुलेयाम यसरी रुपन्देहीको पक्षमा बोलेका छैनन ।
नेकपाबाट प्रत्यक्ष रुपमा चुनाव जितेका चार जना सांसद पनि प्रदेश नं. ५ को स्थायी राजधानी कपिलवस्तु हुनुपर्छ भनेर खुलेयाम मन्चका बोलेका छैनन । यद्यपि उनीहरु प्रदेश राजधानी कपिलवस्तु हुनुपर्छ भन्ने लविङमा भने छन । संघीय समाजबादी फोरमबाट चुनाव जितेका सहसराम यादव पनि प्रदेशको स्थायी राजधानी कहाँ हुनु पर्छ भन्ने बारे खुलेयाम बोलेका छैनन ।
कपिलवस्तुबाट विभिन्न पार्टीबाट १२ जना नेता प्रदेश सांसद छन ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ५ : २७ बजे