१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस संसदीय दलका नेता पोख्रेलले पनि गाडी फिर्ता गरे ? अझै के के हुने होला ?



बुटवल ।
प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडी फिर्ता गर्नुभएको छ । प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उहाले बिवादमा रहेको गाडि नचढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी फिर्ता गर्नुभएको हो ।

नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिब दुर्लभकुमार पुन मगरलाइ फिर्ता गर्नुभएको हो । सचिवालयमा चावी बुझाउदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहनुभएका पोखरेलले भन्नु भयो–‘सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन, त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ’ ।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो । खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानवीन भैरहेको छ ।

सो उपसमितिमा बैजनाथ जयसवाल (कांग्रेस) र कल्पना पाण्डे (राष्ट्रिय जनता पार्टी) सदस्य छन् । उपसमितिको बैठक आज पनि बसेको थियो । गाडी खरिदमा केहि त्रुटीफेला परेको सदस्य बैजनाथ जयसवालले बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  २ : ०८ बजे