३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

वनको आम्दानीले स्थानीय क्षेत्रको विकास : नगर प्रमुख श्रेष्ठ


७ माघ २०७५ सोमबार ००:००  

0
Shares

मायादेवी अनलाइन, बुद्धभूमि ।
स्थानीय स्तरमा समुदायमा हस्तान्तरण भएका सामुदायिक वनहरुले विकासमा टेवा दिने सरोकारवालाहरुले बताएका छन् । आर्दश सामुदायिक वन उपभोत्ता समुह बुद्धभूमि १ को नवौँ साधारण सभामा बोल्ने सरोकारवालाहरुले वनको संरक्षण र विकास गरेमा वनले विकास दिने बताएका छन् । कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक वनको विकास र संरक्षण गरेमा वनको आम्दानीले स्थानीय क्षेत्रको विकास हुने बताए ।
सामुदायिक वनको आम्दानीले समुदायका नागरिकहरुको विकासमा टेवा दिनुको साथै आयआर्जन गरी आर्थिक रुपमा समेत बलियो हुने श्रेष्ठले बताए । सो अवसरमा वोल्दै सामुदायिक वन उपभोत्ता महासंघ कपिलवस्तुका अध्यक्ष होमनाथ भट्टराईले सामुदायिक वनको कारण वनसंरक्षण र वन वाट आम्दानी र स्थानीय समुदायको विकास भएको हुँदा सामुदायिक वन क्षेत्रलाई सरकारले थप सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै बुद्धभूमि नगरपालिका वडा नं. १ का अध्यक्ष तेज बहादुर वस्नेतले वडा भित्र १२ वटा सामुदायिक वन भएकोले वनहरुले वातावरण संरक्षणका साथै स्थानीय क्षेत्रको विकासमा बाटो, विद्यालय, गरिव जेहन्दारलाई आर्थिक सहयोगको क्षेत्रमा काम गरेको बताए । नगर वन समन्यव समितिका अध्यक्ष वलराम भुसालले स्थानीय सरकार संग मिलेर सामुदायिक वनहरुले थप विकास र वातावरण संरक्षणमा योगदान दिने बताए ।
कार्यक्रममा आर्दश सामुदायिक वन उपभोत्ता समुह बुद्धभूमि १ का अध्यक्ष राम नरेश थारुले सामुदायिक वनले गरेका काम र आगामी वर्षको लागी योजना पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष बुद्धिराम चौधरीले आर्थिक वर्ष २०७४।७५ को वनको ७५ लाख ५० हजार बरावरको आयव्याय पेश गरेका थिए ।
कार्यक्रममा २ दर्जन बुद्ध तथा ४ जना अपांगता भएका व्यात्तिहरुलाई आर्थिक सहयोग र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । इश्वर पुनको संचालनमा भएको साधारण सभामा सेक्टर वन कार्यालयका फरेष्टर स्लाम अली गद्धी, सिद्धार्थ स्मारक माविका अध्यक्ष डिलाराम पौडेल, वडा सदस्य इश्वरी प्रसाद खनाल लगायतले सामुदायिक वनको सफलताको लागि शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  ४ : ०३ बजे