५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पञ्च आधारभूत विद्यालय बैजलपुरमा सप्ताहब्यापी खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)



दीपा महत,  कपिलवस्तु ।
शहिद दिवसको अवसर पारि पञ्च आधारभूत विद्यालय बैजलपुरमा सप्ताहब्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । खेलकुद सप्ताहको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुमित्रा परियारले उद्घाटन गर्नुभएको हो ।

हिजोबाट सुरु भएको कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुविच प्रतिस्प्रर्धा गराईएको छ । जस अन्तरगत नर्सरीका विद्यार्थी बिच बेलुन फोर प्रगियोगिता गरिएको थियो । यस्तै कक्ष १ देखी ५ सम्मका विद्यार्थी बिच क्रमस मिठाई दौड, ईन आउट, संख्या मिलाउ, बुक रेस, बोरा दौड गराईएको थियो यस्तै कक्षा ६, ७ र ८ का विद्यार्थीहरु बिच स्लो साईकल रेस गरिएको थियो ।


२६ वटा विभिन्न खेल समावेश गराइएको प्रतियोगितामा छात्र छात्राहरुको फुलबल प्रतियोगिता पनि समावेश गरिएको छ ।

प्रतियोगिता शिक्षकहरु साम नारायण चौधरी, सुजता रेग्मी, यशोधरा राना, पुनम राना , मतिलाल घिमिरे, मन्जु कुमारी पौडेल, रामवृक्ष चौधरी र शान्ती शाहीले समायोन गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन गर्दै प्रधानाध्यापक जगतराज रेग्मीले प्रतियोगिताले विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने बताउनु भयो ।

उहाले खेलकुदले स्वस्थ ब्यक्ती निर्माणमा पनि सहयोग मिल्ने बताउदै विद्यालयले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  १ : ४२ बजे