५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगा नगरपालिकाद्धारा आर्थिक वर्ष २०७५।७६ को शिक्षा तर्फको अनुदान रकम वाडफाड



दीपा महत कपिलवस्तु
वाणगंगा नगरपालिले आर्थिक वर्ष २०७५÷७६ को स्विकृत कार्यक्रम अन्तरगत शिक्षा तर्फ रहेको ७० लाख शशर्त अनुदानको रकम वाडफाड गरेको छ । शुक्रबार नगरकार्यपालिकाको वैठकले विभिन्न विद्यालयको लागि विभिन्न योजनाका बजेट वाडफाड गरेको हो । जस अन्तरगत भवन निर्माणको शान्ती आधारभूत मावि डुङगहवा र कपिलवस्तु आधारभूत विद्यालय राजपुरले सबैभन्दा धेरै रकम पाएका छन् । उनीहरुले १६÷१६ लाख अनुदान पाएका हुन् । सबै भन्दा बढि शशर्त अनुदान तर्फ २ कोठे भवन निर्माणमा रहेका छन् ।
यस्तै पानी सहितको शौचालय निर्माण तर्फ सिद्धार्थ आधारभूत विद्यालय गजेहडा र पञ्च आधारभूत विद्यालय बैजलपुरले ७÷७ लाख अनुदान प्राप्त गरेका छन् ।
यस्तै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला तथा ल्याब ब्यवस्थापनका लागि २ वटा विद्यालयलाई अनुदान प्रदान गरिएको छ । बालमावि बैरिया र सूर्योदय मावि वरवालाई ४÷४ लाख रकम विनियोजन गरिएको हो । यसैगरी पुस्ताकालय ब्यवस्थापन तर्फ ४ वटा विद्यालयले शशर्त अनुदान पाउने भएका छन् ।
गौरी भवानी मावि भक्तौली, लक्ष्मणघाट मावि कोपवा, कामता मावि करेलिया र ओदारी मावि ओदारीले अनुदान वापत रकम पाउने भएका हुन । यसैगरी नगर कार्यपालिकाको बैठकले महेन्द्र मावि कोपवामा सिसि क्यामरा जडानको लागि सहयोग गर्ने निणर्य गरेको छ भने वाणगंगा नगरपालिका अन्तरगत शैक्षिक संस्थाहरुको लेखा परिक्षणका लागि अभिलेखिकरण भएका लेखा परिक्षक बाट तोक्ने निणर्य बैठकले गरेको छ । बैठक मेयर मंगलप्रसाद थारुको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो । बैठकमा उपमेयर चक्र अर्याल, वाणगंगा नगर शिक्षा अधिकारी खिम बहादुर जिसी, लेखा अधिकृत वृहषपती घिमिरे, योजना अधिकृत लेख बहादुर बस्नेत, सम्पूर्ण वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्यको उपस्थित रहेको प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ६ : ०३ बजे