३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेपालले युएईलाई जितका लागि दियो २४३ रनको लक्ष्य



काठमाडौं ।
युएईविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुधारिएको ब्याटिङ गरेको छ। नेपालले युएईकाविरुद्ध २ सय ४२ रन बनाएर दुई सय ४३ रनको लक्ष्य दिएको हो। नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको हो। शुक्रबार पहिलो खेलमा १ सय १३ रनमै समेटिएको नेपालले दोस्रो खेलमा बलियो लक्ष्य पेश गरेको हो। आजको खेलमा नेपालका सबैजसो ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सफल रहे। नेपालका लागि सबैभन्दा धेरै रोहित कुमार पौडेलले ५५ रन बनाए। हिजोको खेलमै नपरेका पौडेलले आजको खेलमा सबैभन्दा बढी रन हाने। त्यस्तै ज्ञानेन्द्र मल्लले ४४ रन बनाए। विनोद भण्डारी र पारस खड्काले २१–२१ रन बनाए। आरिफ सेखले २९ र करण केसीले १८ रन बनाए। दिपेन्द्रसिंह ऐरीले १० र पवन सर्राफले ८ रन बनाए। सोमपाल कामीले दुई रन बनाए। सन्दीप लामिछाने १४ र ललित राजवंशी ३ रनमा नट आउट रहे। अब नेपालले बलिङ गर्नेछ। नेपालको बलिङ राम्रो भएकाले युएईलाई यो लक्ष्य भेटाउन असहज हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ९ : ४५ बजे