५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

न्यूजिल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत ९० रनले विजयी



एजेन्सी ।
न्यूजिल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत ९० रनले विजयी भएको छ ।जितसँगै ५ वटा एकदिवसीय सिरिजमा भारतले २–० को अग्रता लिएको छ । ३२५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४०.२ ओभरमा २३४ रनमात्र बना एको थियो ।
सुरुदेखिनै दबाबमा आएको न्यूजिल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका डग ब्रेसवेलले सर्वा्धिक ५७ रन बनाएका थिए ।
भारतका लागि कुलदीप यादबले ४ तथा भुवनेश्वर कुमार र युज्बेन्द्र चहलले दुई(दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउँदै ३२४ रन बनाएको थियो । रोहित शर्मा र शिखर धवनले १५४ रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए ।
शर्मा ८७ तथा धवन ६६ रनमा आउट भएका थिए । कप्तान विराट कोहली ४३ रनमा आउट हुँदा अम्वाती रायडु ४७ रनमा पेभेलियन फर्किए ।
भारतका लागि अन्तिमसम्म महेन्द्रसिंह धोनी ४८ तथा केदार जादव २२ रन बनाएर नट आउट रहे । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र लक फर्गुसनले २–२ विकेट लिएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  १० : ३५ बजे