५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सन्दीप लामिछानेले एक ओभरमै लिए तीन विकेट



काठमाडौं ।
एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला अन्तर्गत शनिबार यूएईविरुद्धको खेलको एक ओभरमै सन्दीप लामिछानेले तीन विकेट लिएका छन्।

यूएईविरुद्धको खेलको १४ ओभरमा सन्दीपले तीन विकेट लिएका हुन्। १४।२ ओभरमा पहिलो विकेट लिएका सन्दीपले १४।३ र १४।६ ओभरमा विकेट लिएका हुन्। सोमपाल कामी एक्लैले चार विकेट लिइसकेका छन्।

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याइरहेको यूएईले १६ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ।

सोमपालले पहिलो ओभरको अन्तिम बल, तेस्रो ओभरको पाँचौं बल, पाँचौ ओभरको अन्तिम बल र छैटौं ओभरको पहिलो बलमा विकेट लिएका हुन्। सोमपाल एक्लैले यूएईका सुरुवाती चार ब्याट्सम्यानलाई आउट गरेका हुन्।

सोमपालले चिराग सुरी, गुलाम सावेर, शाइमन अनवर र अस्फाक अहमदको विकेट लिए भने सन्दीपले सिपी रिजवान, फाहाड नवाज र अमिर हयातलाई आउट गरेका हुन्।

१४।२ ओभरमा सन्दीप लामिछानेले व्यक्तिगत पहिलो विकेट लिएका छन्। उनले सिपी रिजवानलाई आउट गरेका हुन्।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ११ : २२ बजे