१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

जनप्रतिनिधि आए पछि विजयनगरको विकास तीव्र देखे : केन्द्रिय सदस्य घिमिरे



राम प्रघट कोरी, विजयनगर । 

कपिलवस्तुको विजयनगर गाउँपालिकाले किसान जागरण अभियान सञ्चालन गरेको छ । कृषि तथा प्रविधिको क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्धेश्यका साथ गाउँपालिकाले जागरण अभियान सञ्चालन गरेको हो । शनिबार गाउँपालिकाको हरिबोध प्राविमा सम्पन्न भएको कार्यक्रममा दर्जनौ अगुवा किसानलाई अभिमुखिकरण दिइएको छ ।

अभिमुखीकरणमा गडयौला मलको प्रयोगको विशेषता, बिना बिषादी बीनाको उब्जाउ, सुरक्षित भण्डारण गर्ने बोरा, होम वायोग्यास, विभिन्न किसिमको कृषि औजार,राज्यले ल्याएका कृषि सम्बन्धि ऐन, कानुन, निति नियम लगायतका विषयबस्तुमा गोबिन्द शर्माले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी हुनुभएकी नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले गाउँपालिकाको विकासमा सबैको साथ र सहयोग अनिवार्य रहेको बताउनुभयो । विजय नगरको विकास दु्रत भैरहेको भन्दै केन्द्रिय सदस्य घिमिरेले आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहेको बताउनुभयो । विकासको हिसाबले अरु भन्दा पछाडी परेको क्षेत्र भएपनि नयाँ जनप्रतिनिधि आए पछि तीव्र विकास भएको आफुले अनूभुति गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल थापाले नेपाली किसान राष्ट्रको सान नारालाई अवलम्बन गरि अगाडी बढेको बताउनुभयो । गाउँपालिका भित्र धेरै किसान रहेकोले आधुनिक खेती प्रणालीलाई मध्यनजर गरी कार्यक्रम ल्याइने बताउनुभयो ।

कृषि प्रविधि विना कृषि क्षेत्रको विकास नहुने भन्दै गाउँपालिका अध्यक्ष थापाले आफ्नो कार्याकालमा गाउँपालिकालाई कृषि क्षेत्रमा नमुना गराउने प्रतिबद्धता जनाउनुभयो । पालिकाका कृषि शाखा प्रमुख बकस हलुवाइको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन प्रभुनाथ यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ४ : २५ बजे