४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

शिवराजमा गुनासो सुन्न मोबाइल एप्स



मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरपालिकाले नगरपालिका सम्बन्धी हरेक गुनासा मोबाइलबाट गर्न सक्ने गरी एप्सको शुरुआत गरेको छ ।
नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधि सरल र सुलभ तथा सम्पूर्ण जनतामाझ सजिलै सूचना आदानप्रदान गर्न मोबाइल एप्स सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकृत दीपक पौडेलले जानकारी दिनुभयो ।
एप्सबाट नगरपालिकाका हरेक गतिविधि, योजना, सूचना, सुझाव, गुनासो तथा समस्या सजिलै हेर्न र बुझ्न सकिने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेकाले सामाजिक सञ्जालबाटै आफ्ना कुरा राख्न सक्ने गरी प्रविधिको विकासमा जोड दिएको अधिकृत पौडेलले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  १ : ३० बजे