७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य : प्रदेश सांसद पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश सांसद विष्णु पन्थीले देश तथा समुदायको पहिचान खेलकुदको माध्यमबाट प्रस्तुत गर्न सकिने भन्दै विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनु भएको छ । जनता माध्यमिक विद्यालय वाणगंगा २ पिपरामा मंगलबार खेलकुद सप्ताहको उद्घाटन गर्दै उहाले जनता मा.वि.लाई प्रदेशमा मात्र नभइ देशकै अग्रणी शैक्षिक संस्था बनाउन सम्पुर्ण शिक्षक, अभिभावक, विद्यार्थीलाई अनुरोध गर्दै आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोगका लागि आफु तयार रहेको प्रष्ट पार्नुभयो ।


कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले जनता मा.वि.ले हासिल गर्ने गरेका अन्य उत्कृष्टता जस्तै खेलको माध्यमबाट पनि जिल्लामै उदाहरणीय नतिजा प्रस्तुत गर्न चाहेको र सो अनुसार अभ्यासमा जुटेको बताउनुभयो ।
उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले खेलकुदले बालबालिकाको मानसिक एवम सामाजिक विकासमा महत्वपुर्ण विकास गर्ने भन्दै आफुहरु बालबालिकाको चौतर्फी विकासका लागि प्रतिबद्घ रहेको बताउनुभयो ।


कार्यक्रममा विद्यार्थीहरुले मार्चपास र पिटि प्रर्दशन गरेका थिए । शिक्षक उज्ज्वल अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा शिक्षिका तारा ज्ञवाली र लक्ष्मी भण्डारीले मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन सत्र पछि लगत्तै पहिलो दिन अन्र्तगतका ८०० मिटर छात्र छात्रा दौड, म्युजिकल चेयर, सटपुट लगायतका खेलहरु सम्पन्न भएका छन । सप्ताहमा हुने सबै खेलहरु राष्ट्रिय प्रशिक्षक तथा रेफ्रि दिनेश आचार्यको प्रत्यक्ष निर्देशनमा हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  १२ : १२ बजे