१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा काठको गोलिया सहित दुई जना पक्राउ



माधव बेल्वासे, चन्द्रौटा ।

कपिलवस्तुको शिवगढीबाट काठको गोलिया सहित दुइ जना पक्राउ परेका छन । स्थानिय युवा क्लबको सक्रियातामा काठ तस्करीमा संलग्नलाई विहान ३ बजे पक्राउ गरिएको सुन्दरी डाडा प्रहरी चौकीले जनाएको छ ।

काठ तस्करी गर्नेहरु जंगल पसेको सुराकीको आधारमा युवा क्लबका युवाहरु स्थानीय गाउँलेहरु र प्रहरी सहितको टोलीले गस्ती गर्ने क्रममा लडियामा लोड गरि ल्याउदै गरेको अवस्था काठ सहित शिवराज नगरपालिका ९, अन्चलपुरका अगिराम थारु र सोमदत्त थारुलाई लडिया,लडिया तान्ने राँगा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको काठ ,लडिया, राँगा र दुबै जनालाई डिभिजन वन कार्यालय चन्द्रौटा (गौतम बुद्ध) को जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सुन्दरी डाडाका प्रहरी निरिक्षक मधु सुदन सिं ले बताउनुभयो ।

काठको गोलिया १६ हजार भन्दा वढीको रहेको डिभिजन बन कार्यलय गौतमवुद्धका साहयक बन अधिकृत रामचन्द्र शाहले वताउनुभयो । पक्राउ गरेका दुई जनालाई बन अपराध अन्तरगत मुद्धा चलाइने र थप अनुसन्धान भइरहेको शाहले वताउनुभयो ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  २ : २९ बजे