१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यशोधरामा सडकको सामाजिक परिक्षण



मणि प्रसाद गैह्रे, तौलिहवा ।
यशोधरा गाउँपालिका वडा नं ३ बडिलहवामा आर्थिक वर्ष २०७४÷०७५ मा निर्माण भएको सडकको सामाजिक परिक्षण सम्पन्न गरिएको छ । मुल सडक देखी उत्तर दक्षिण पिसिसि ढलान उपभोक्ता समितिले निर्माण गरेको सडकको सामाजिक परिक्षण गरिएको हो । समितिले गाउँपालिको बजेटबाट मिटरको सडक पिसिसि गरिएको थियो ।
उक्त समितिले गाउँपालिकाको बजेट १२ लाख ६१ हजार र अन्य उपभोत्ताको गरी १४ लाख १ हजारको बजेटमा ५ सय २६ मिटर सडक पिसिसि कार्य सम्पन्न गरेको थियो । सामाजिक परिक्षण कार्यक्रममा स्थानीय उपभोक्ता मदन कंहारले उपभोत्ता समिति गठन, कार्य विवरण, अनुगमन, मुल्यांकन र रकम प्राप्ति र खर्च विवरणको बारेमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले उपभोक्तबाट सामाजिक परिक्षण हुनु सरहानिय कुरा भएको बताउनुभयो । गाउँपालिकाले उपभोक्तालाई बजेट दिने हुँदा त्यसको रेखदेख र सदुपयोग गर्ने जिम्मा पनि स्थानीय उपभोत्ताको रहेको हुँदा पारदर्शिता कायम हुनेमा उहाँको जोड थियो ।
अन्य वडामा पनि यस्तो अभ्यास गर्नुपर्ने उहाले बताउनुभयो । साथै कार्यान्वयनमा जोड दिने बताउनुभयो । सो अवसरमा वडा अध्यक्ष सरिता त्रिपाठी, वडा नं ४ का अध्यक्ष पारसनाथ कुर्मी, वडा नं ६ का अध्यक्ष श्यामनारायण उपाध्ययाय, युनाइटेड मिसन टु नेपालमा अरुण वेल्बासे, कृष्ण धार्मिक माविका प्रधनाध्यापक रामजियावन यादव लगायतले शुसासनको बारेमा बोल्नुभएको थियो ।
युएमएन र कपिलवस्तु संस्थागत विकास समितिको सहयोगमा सामाजिक परिक्षण सम्पन्न भएको थियो । समितिका अध्यक्ष रामदिन मुराउको अध्यक्षता र निलम पासीको स्वागतमा भएको कार्यक्रममा १ सय ५० बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  १ : २५ बजे