२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द, केसी स्वास्थ्य जटिल मोडमा



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नदेखिएको भन्दै नेपाल चिकित्सक संघले आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रिय सभा बैठकले पनि राष्ट्रिय चिकित्सा विधेयक पारित गरेपछि संघका महासचिव लोचन कार्कीले विज्ञप्ति नै निकालेर आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गर्नुभएको हो । शान्तिपूर्ण विरोधका कार्यक्रमलाई समेत खल्बल्याउने प्रयास भएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक संघले डाक्टर केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गर्दै आएको छ ।

यसैबीच डा गोविन्द केसीको मागलाई सरकारले वेवास्ता गर्दा उहाँको जीवन नै जोखिममा परेको छ । १६ औँ अनसन थालेको आज २४ दिन हुँदा सम्म पनि सरकारले केसीको जीवन रक्षाको लागि कुनै पहल गरेको देखिँदैन । प्रधानमन्त्री केपी ओली र सरकारका मन्त्रीहरुले पनि केसीको जीवन रक्षाको लागि कुनै संवेदनशिलता देखाएका छैनन् । उल्टै कडा अभिव्यक्ति दिएर केसी समर्थकलाई चिढाउने काम गरेका छन् । २४ औँ दिनसम् मभोक हड्तालमा रहनुभएका केसीका शरीरका धेरै भागले अहिले काम गर्न छोडेको छ । उपचारमा संलग्न चिकित्सकले पनि केसीलाई जतिखेर जे पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरको छन् ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  २ : ४३ बजे