५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अन्ततः डा. गोविन्द केसी गले, जुस खादै २४ औं दिनमा अनसन तोडे



काठमाडौं ।
डा. गोविन्द केसीले अन्ततः गलेका छन । केसीले १६ औँ अनसन २४ औँ दिनमा तोडेका हुन । उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन् । उनले पूर्वप्रधानन्यायाधीश शुशीला कार्की र टिचिङ अस्पतालकी कर्मचारी अमृता पुजारीको हातबाट जुस खाएर अनसन तोडेका हुन् । अनसन तोड्दै केसीले नागरिक समाजका अगुवाको रोहबरमा १६औँ अनसन तोडे बाँकी कार्यभार फरक लडाइँबाट लड्ने बताए ।
संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित भइ ऐन बनेको थियो ।

सो विधेयकले आफ्ना माग पुरा गर्न नसकेको ठहर गर्दै डा. केसी अनसन बसेका थिए । केसीले अहिले साँझ ७ बजे अनसन तोडेका हुन् ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र शुक्रबार पूर्वराष्ट्रपति रामबरण यादव, केदारभक्त माथेमा, दिनेश त्रिपाठी लगायतका नागरिक अगुवाका साथै विभिन्न चिकित्सक संघसंगठनको आग्रहपछि अनसन तोड्न राजी भएका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  १ : ४९ बजे