९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

नेपाल एयरलाइन्सले जापानमा उडान भर्न पाउने



काठमाडौं ।
नेपाल एयरलाइन्सले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र एओसी पाएको छ। नेपाल वायु सेवा निगमको नयाँ ए ३३० वाइडबडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो। नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले जानकारी दिए। ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ४८ बजे