८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

पूर्व युवराज पारस शाह डिस्चार्ज



काठमाडौँ ।
तेस्रो पटक हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भइसकेका छन् । डाक्टर यादवदेव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरेको थियो ।

उपचारपछि निको भएका पारस शुक्रबार डिस्चार्ज हुँदा उनको उपचारमा सँलग्न चिकित्सक र कर्मचारीले बिदाई तस्बिर खिचाएका थिए ।

‘ पूर्व युवराजलाई तेस्रो पटक हृदयघात भएपनि सफल उपचार गर्न सफल भयौँ, अन्त्यमा उनलाई अस्पतालबाट डिस्चार्ज गर्दा हामी सबै भावुक बनेका थियौँ,’डाक्टर भट्टले भने । उनले आउँदा दिनमा पारसलाई आफ्नो स्वास्थ्यमा गम्भीर ध्यान दिन सुझाव दिएको बताए ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ५० बजे