८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दिल्ली र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्पको झट्का



काठमाडौँ ।
भारतको राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा शनिबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।
हिन्दू कुश पर्वत श्रृंखलामा उक्त भूकम्पको केन्द्रविन्दु रहेको भूकम्पमापन केन्द्रले जानकारी दिएको छ।
भारतीय राष्ट्रिय सूचना सेवा केन्द्रका निर्देशक एसपी एस सेनाइका अनुसार अफगानिस्तानको हिन्द कुस पर्वतमा भूकम्पको केन्द्रविन्दु रहेको छ ।
भुकम्प ६‍।१ रेक्टर स्केलको रहेको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ३ : ३८ बजे