८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भृकुटी माविको स्वर्ण महोत्सव आज, कृषि मन्त्री खनालले उद्घाटन गर्दै



विकास बन्जाडे, कपिलवस्तु । 
कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थीत भृकुटी माध्यमिक विद्यालयले आज स्वर्ण महोत्सव मनाउँदै छ । आज मध्यान्हमा स्वर्ण महोत्सवको नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विद्यालयका प्रधानध्यापक बेद प्रसाद भुसालले जानकारी दिनुभयो । उद्घाटन सत्रपूर्व आज विहान बुद्धभुमी नगरपालीका कार्यालय अगाडी देखी विद्यालय हातासम्म सांस्कृति झाँकी र बाजागाजासहित प्रभातफेरी हुने जनाइएको छ ।

खनालको सम्बोधनपछि कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने बिभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । वि सं २०२४ सालमा स्थापना भएको भृकुटी माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउन लागेको हो । अवको शिक्षा केवल साक्षर हुन मात्र नभई समय र युग सुहाउंदो शिक्षा भएकाले आगामी दिनमा भृकुटी माविमा हाल कक्षा १२ सम्म कृषि विज्ञान संकायमा अध्ययन भएपनि आगामी दिनमा क्याम्पस तहमा प्राविधिक शिक्षा अवको आवश्यकता रहेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल बञ्जाडेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  १२ : ३१ बजे