२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

सरकार विरुद्ध कांग्रेस कपिलवस्तुको तौलिहवामा विरोध सभा, कुन नेताले के बोले ?



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुले सरकार विरुद्ध तौलिहवामा प्रर्दशन गरेको छ । जिल्लाका विभिन्न स्थानवाट आएका कार्यकर्ताहरुले सदरमुकाम तौलिहवामा नारा जुलुस गरी तौलिहवा बजार परिक्रमा गरेका थिए । बुद्धपद्यम माविको खेल मैदानवाट सूरु भएको प्रर्दशन, नयाटोल, गौढिचौक, भिक्षु चौक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी आई सभामा परिणत भएको थियो ।
सभामा केन्द्रिय सदस्य अतहर कमालले वर्तमान सरकारले दुई तिहाइको दम्मले जनता विरोधी काम गरेको हुंदा कागेंसले सडक र सदनमा आन्दोलनमा जानु परेको बताउनुभयो । सरकारले संवैधानिक आयोग जस्ता निर्णयमा प्रतिपक्षको सहभागिता विना नै निर्णय गरी संविधान विरोधी कार्य गरेको आरोप लगाउनुभयो । महंगी भष्ट्राचार मैलाउदै जानु, निर्मला हत्याकाण्डको दोषी पत्ता नलगाउनु, गोविन्द केसी संग गरेको सम्झैता विरुद्ध चिकित्सा शिक्षा विधेयक पारीत गर्नु जस्ता गलत कार्य गरेको कमालले बताउनुभयो ।
विरोधसभामा बोल्दै कांग्रेसका नेता तथा पुर्व मन्त्री दिपकुमार उपाध्यायले सरकारले जनताका आधारभुत आवश्यकता पुरा गर्नुको साटो जनतालाई झुटा आश्वासन दिने काम गरेको हुंदा सरकारलाई सचेत गराउन आन्दोलनमा जानु परेको बताउनुभयो । जिल्ला सभापति सुरेन्द्रराज आर्चायले कृषि मन्त्री कपिलवस्तु जिल्लाकै भएपनि १ बोरा मलखाद किसानले पाउन नसक्नुले सरकारको काम कस्तो भएको छ भन्ने जनता सामु छर्लङ्गै भएको बताउनुभयो ।
जनतालाई सास्ती दिने काम मात्र सरकारले गरेको हुंदा सरकारलाई सकारात्मक काममा लाग्नको लागी आन्दोलनबाट दवाव दिएको बताउनुभयो । सो अवसरका पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रिय सदस्य सुमीत्रा शर्मा, तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरी, गंगेश तिवारी लगायतले सभामा सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन चन्द्रकान्त पोख्रेलले गर्नुभएको थियो भने विरोध सभामा हजारौं कार्यकर्ता रहेको नेपाली काग्रेंस कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  १२ : ३५ बजे