२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा यस वर्षकै बाक्लो हुस्सु, सवारीहरु दिउसै लाइट बाल्न बाध्य(फोटो फिचर)



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
देशका अधिकांश क्षेत्रमा मंगलबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।साथै पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। आज तराइका धेरै जिल्लमा बाक्लो हुस्सु लागिरहेको छ ।यस्तै कपिलवस्तु जिल्लाका चन्द्रौटा, बहादुरगंज, कृष्णनगर,तौलिहवा लगायतका स्तानमा पनि आज विहानैबाट बाक्लो हुस्सु लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । 

बाक्लो हुस्सु लाग्दा सवारीहरु विहानैबाट लाइट बालेर गुडिरहेका छन् ।यस वर्षमा खासै हुस्सुको अनुभव गर्न नपाएका यहाँका जनताले आज भने विहानैदेखि हुस्सुको अनुभव गरेका छन् । आजको हुस्सुसंगै चिसो पनि बढेको छ । स्थानीयले आजको हुस्सु यस बर्षकै बाक्लो भएको बताएका छन् । विहान १० बजेसम्म चार नम्बर जितपुर,गजेहडा, पिपरा, ओदारी लगायतका स्थानमा हुस्सु लागेको थियो भने ज्ञ१ बजेपछि बल्ल घाम देखिएको थियो । १० बजेसम्म सवारीहरु लाइट बालेर नै आवतजावत गरिरहेका थिए । हिजो अस्तिको तुलनामा आज बढी चिसो महसुस गरिएको छ । चिसोले गर्दा मुखय गरी बालबालिका र वृद्धवृद्धालाई असर गर्दछ । चिसोमा विशेष निगरानी अपनाउन बाणगंगाा नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ । 

मायादेवी अनलाइनको लागि बाणगंगााको र चार नम्बर बहादुरगंजका तस्विर

Image may contain: sky, bicycle and outdoor

Image may contain: sky and outdoor

 

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  ५ : ०३ बजे