५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धभूमिमा मेयर कप सुरु, यसरी गरे विद्यार्थीले मार्चपास (फोटो फिचर)



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकामा दोस्रो मेयर कप सुरु भएको छ । बुधबार देखि सुरु भएको मेयर कप शुक्रबार सम्म चल्ने छ । मेयर कपको एक कार्यक्रमका बीच नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
खेलकुदको उद्घाटनपूर्व बिभिन्न विद्यालयका रेडक्रसमा आवद्ध विद्यार्थीहरुले मार्चपास गरेका थिए । शुक्रबारसम्म हुने मेयर कपमा बुधबार प्राथमिक तहका छात्रछात्रा बीच १ सय, २ सय र ४ सय मिटरको दौड सम्पन्न भएको छ भने विहीबार र शुक्रबार छात्रछात्रा भलिबल, बिभिन्न किसिमका दौड, हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो लगायतका प्रतियोगिताहरु हुने छन् । यसरी सुरु भयो मेयर कप फोटो फिचर सहीत ।

प्रकाशित मिति : २३ माघ २०७५ बुधबार ००:००  २ : ५७ बजे